लागूऔषध गाँजासहित एक जना पक्राउ

admin

इनरुवा, ३० असोज : सुनसरीको धरान उपमहानगरपालिका–११ कल्याण चोकबाट आज लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धनकुटा आहाले–९ का ४० वर्षीय शिवबहादुर राईलाई पक्राउ गरेको हो । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा एक किलो गाँजा र रु ५३ हजार बरामद भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया