छाडा चौपायाले बालीनालीमा नोक्सानी

admin

तुलसीपुर, ४ कात्तिक : छाडा चौपायाले स्थानीयवासीको बालीनाली नोक्सान पु¥याउने गरेका छन् । छाडा चौपाया व्यवस्थापन हुन नसक्दा स्थानीयवासीलाई निकै समस्या हुने गरेको छ । ती छाडा चौपायाले गाउँमा पुगेर स्थानीयवासीको धान, तोरी तथा तरकारी बालीमा समेत क्षति पु¥याउने गरेका छन् ।

रातको समयमा गाउँमा पशुचौपाया पसेर लगाएको बालीनालीमा क्षपि पु¥याउने गरेको स्थानीयवासी यमुना वलीले बताउनुभयो । दिनभर बजार क्षेत्रमा हुने चौपायाहरु रातपरेपछि गाउँ पस्ने गरेका छन् । चौपायाहरु छाडा छोड्नेहरुलाई कुनै कारवाही नहुँदा झनै अव्यवस्थित भएको स्थानीयको गुनासो छ । तुलसीपुर उपमहानगरपालिकाले भने छाडा चौपायाले नागरिकलाई सास्ती दिएको भन्दै अब छिट्टै व्यवस्थापन गर्ने छाडा चौपाया व्यवस्थापन समितिका संयोजक कुमार लामिछानेले बताउनुभयो । रासस

प्रतिक्रिया