हेर्नुहोस, आजको विनिमय दर

रिता घिसिंग

कात्तिक ७, काठमाडौँ : नेपाली बजारमा आज बुधबार अमेरिकी डलरको भाउमा सामान्य उतावचढाव देखिएको छ। मंगलबारको तुलनामा आज अमेरिकी डलरको भाउ १ पैसाले बढेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार अमेरिकी डरलको खरिददर मूल्य १ सय १७ रुपैयाँ ४१ पैसा छ भने विक्रिदर मूल्य १ सय १८ रुपैयाँ १ रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ २० पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ३४ पैसा छ। एक यूके पाउण्डको खरिददर १५२ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १५३ रुपैयाँ १७ पैसा छ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३२ रुपैयाँ २५ पैसा र विक्रिदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ।

प्रतिक्रिया