६ वर्ष यताकै सर्बाधिक महँगो सुनको मुल्य, हेर्नुहोस् आज कति छ सुनको मुल्य ?

रिता घिसिंग

कात्तिक ७, काठमाडौँ : आज नेपाली बजारमा छापावाला सुनको मुल्य ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । नेपाली बजारमा सुनको मुल्य आज प्रतितोला ६० हजार १ सय रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो भाउ ६ वर्ष यताकै महँगो भाउ मानिएको छ । त्यसैगरी आज तेजावी सुनको मुल्य ५९ हजार ८ सय रुपैयामा कारोबार भैरहेको महासंघ जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य प्रतितोला ७ सय ५० रुपैयामा कारोबार भैरहेको छ ।

प्रतिक्रिया