विश्व कै महँगो रक्सी टकिला

मनिषा थापा

एजेन्सी  :  रक्सी पिउनु स्वास्थ्यका लागि हानिकारक छ भन्ने सबैलाई जानकारी छ । तर यसका बाबजुत दुनियाँमा धेरै मानिसहरु मदिरापान गर्दछन् ।

रक्सीको मूल्य यो पिउने मानिसको हैसियतका आधारमा सस्तो देखि निकै महंगो पनि छ । यहाँ दुनियाँका केही निकै महँगा रक्सीबारेको विवरण प्रस्तुत गरिएको छ ।

भियल बोन सिकर्स ऐल । यो सबैभन्दा महंगो बियर हो । यसको मूल्य झण्डै डेढ लाख रुपैयाँ पर्दछ एक बोतलको । द विन्स्टन ककटेल नामक मदिराको एक बोतलको मूल्य झण्डै साढे चौध लाख रुपैयाँ पर्दछ । शेटियू डी क्यूम सबैभन्दा महंगो वाइन मध्येको एक मानिन्छ । यसको मूल्य एक बोतलको एक करोड ३५ लाख रुपैयाँ सम्म पर्दछ ।

पेनफोल्ड्स एम्पुल सबैभन्दा महंगो रेडवाइन हो । कलम आकारको बोतलमा पाइने यो वाइनको मूल्य १ करोड ८० लाख रुपैयाँसम्म पर्दछ । अंगोस्तूरा पनि महंगो रक्सीमा गनिन्छ । यसको मूल्य एक बोतलको २५ लाख रुपैयासम्म पर्दछ ।

अममान्ड डी ब्रिगनेक मिडास विश्वको सबैभन्दा महंगो स्याम्पेन मध्येको एक हो । यसको बोतल निकै कलात्मक र भव्य हुन्छ । यो स्याम्पेनको एक बोतलको मूल्य २ करोड २५ लाख रुपैयाँ बराबर पर्ने बताइन्छ । डेलमोर ६२ दुनियाको सबैभन्दा महंगो ह्विस्की हो । यो यति महंगो छ कि दुनियामा अहिलेसम्म केवल १२ बोतल मात्रै यो ह्विस्की उत्पादन भएको छ । यसको मूल्य पनि २ करोड २५ लाख रुपैयाँको हाराहारीमा पर्दछ ।

एउटा रक्सी यस्तो छ जो अहिलेसम्म कसैले पनि खरीद गरेका छैनन् र यसको वास्तविक मूल्य पनि थाहा छैन । उक्त रक्सीको नाम हो टकिला ले ९२५ । यसको प्याकेजिङमा ६४०० हिराका टुक्रा जडित छन् । मेक्सिकोमा सबैभन्दा पहिले यो लञ्च गरिएको थियो । तर अहिलेसम्म यो कसैले किनेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू