मान्छे जस्तै बुद्धिमानी हुन्छन् काग, जान्नुहोस् कागबारे रोचक कुरा

रिता घिसिंग

आज काग तिहार, कागलाई पूजा गरि मिठो खानेकुरा दिएर मनाइँदैछ । यमदूतको रुपमा आज कागको पूजा गरिन्छ । कागलाई सन्देशबहाकको रुपमा पनि लिइन्छ । काग कराउँदा शुभ अशुभ दुवै हुने बताइन्छ, काग कहाँ कसरी बसेर करायो भन्ने अर्थमा शुभ अशुभ हुने बुढापाका बताउने गर्छन् ।काग ४० प्रकारका रहन्छन् । रेवन प्रकारको काग, सामान्य कागको तुलनामा ठूलो हुन्छ । यसको आवाज पनि धेरै कर्कश हुन्छ । एक काग करिब १४ बर्षसम्म बाँच्छ । कागलाई चालु प्रवृत्तिका भनिन्छ । कागमा बदलाको भावना धेरै लामो समयसम्म रहन्छ । जवान कागले, आफ्नो आमाबुबालाई सानो कागको रेखदेखमा सहयोग गर्छ । यो पंक्षीले अन्य जनवार, मानिसको नक्कल गर्न सक्छ ।

काग आफ्नो साधरण आवाज बाहेक पनि एक अलग भाषामा कुरा गर्छ । यो भाषा उनीहरुले अक्सर अन्य कागलाई खतराको संकेत दिन पनि प्रयोग गर्छ । कुनैपनि शिकारीसँग जुध्नका लागि कागहरु एकजुट हुने गर्छ । कागको मस्तिष्क मान्छेको मस्तिष्क जस्तै हुन्छ । यस कारण काग बुद्धिमान हुन्छ । जब एउटा काग मर्छ, तब अन्य कागले त्यहाँ कुनै खतरा छ वा छैन भन्नका खातिर परीक्षण गर्छन् ।

कागले मान्छेको अनुहार पहिचान गर्न सक्छ । काग सर्वहारी हुन्छ । यसले सबै कुरा खान्छ । कागले आफ्नो पुरा जीवनका लागि केवल एक जीवनसाथी बनाउने गर्छ । जन्मिएको दुई बर्षसम्म कागमा यौन परिपक्कता आएको हुँदैन । स्विडेनमा कागलाई मृत्त व्यक्तिको आत्मा मानिन्छ । कागको वैज्ञानिक नाम कोरवस ब्रैचिरहिन्कोस् हो । मेक्सिकोको बौना जे यस दुनियाँमा पाइने सबैभन्दा सानो प्रजातिको काग हो । यको तौल केवल ४० ग्राम हुन्छ । यसको लम्बाई २१ दशमलव ५ सेन्टिमिटर भन्दा बढी हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू