तौल घटाउने चक्करमा अस्थिपञ्जरमात्र बाँकी

रिता घिसिंग

एजेन्सी : धेरै वजन हुनुलाई कसैले पनि मन पराउने गर्दैनन्। आफ्नो वजन घटाउनको लागि हरेक प्रकारको तरिका अपनाउने गर्छन। वजन घटाउनको लागि डाइटिंग देखि कसरतसम्म गर्ने गरिन्छ। अझ केहिले त आफ्नो वजन घटाउनको लागि औषधि नै प्रयोग गर्ने गर्छन्।

वजन घटाउन नाममा स्वास्थ्यको उचित ध्यान नदिँदा भने शरीरमा गम्भीर असर देखा पर्ने गर्छ। यस्तै एक युवतीले पनि आफ्नो वजन घटाउनको लागि गरेको गल्तीका कारण धेरै ठुलो समस्या झेल्नु परेको थियो।

३९ वर्षीया वालेरिया लेविटिनको शरीरमा यति धेरै बादलब आएको छ कि उनको शरीरमा मात्रै छाला र हड्डी मात्र भएको बाँकि रहेको छ।

आफ्नो किशोर अवस्थामा वालेरिया धेरै स्वस्थ रहेकी थिइन्। उनको मोडल बन्ने सपना रहेको थियो। जसका कारण उनले आफ्नो बजन घटाउनको लागि डाइटिंग गर्दा गरेको चरम लापरवाहीको कारण उनले धेरै ठुलो समस्या झेल्नु परेको थियो।

उनले डाइटिंग धेरै लामो समय सम्म गरिन् कि उनले आफ्नो स्वास्थ्यको बारेमा केहि पनि नसोचेको कारण अहिले ठुलो समस्यामा परेकी छिन्।

उनलाई अहिले भोक पनि लाग्न छोडेको कारण स्वास्थ्यमा समस्या आएको बताइएको छ। अहिले उनको वजन मात्रै २५ केजी रहेको बताईएको छ। मोडल बन्ने सोचमा रहेकी उनि अहिले धेरै कुरूप रहेकी छिन्।

उनका उपचारमा रहेका चिकित्सकहरुको सल्लाह अनुसार डाइटिंगको क्रममा धेरै ध्यान दिनु पर्ने गर्छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू