साउदीको अस्पतालमा अलपत्र यी नेपाली युवकको दर्दनाक कथा : अशक्त भएपछि प्रेमिकाले समेत छाडिन् [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :   गरिब परिवारमा हुर्किएका चन्द्र बहादुर गुरुङको घरको अबस्था निकै नै दयानीय छ। उनको परिवारमा २ भाई, १ दाई र बहिनी छन। सुमनकी आमाको ब्लड क्यान्सरले निधन भएको थियो भने बाबुले आत्महत्या गरेका थिए। बाबुआमाको क्षत्र छाया नभएपछि उनीहरु टुहुरा भए।

घरका माहिला छोरा भए पनि उनको काधमा नै घरको जिम्मेवारी थपियो। उनका साइला भाई शारीरिकरुपमा अशक्त छन्। त्यस्तै कान्छा भाई आर्मीमा छन् भने जेठा दाजु आफ्नै दुनियाँमा छन्। घरका जेठा दाजु भएपनि उनी परिवारको जिम्मेवारीबाट टाढै छन्। उनको बहिनीको भने विवाह भईसक्यो। घरको यस्तो अबस्थाका कारण उनी परदेश जान बाध्य भएका थिए।

झापा हल्दिबारी वडा न १ मा घर भएका चन्द्रबहादुर गुरुङलाई सबैले सुमन तमु भनेर बोलाउने गर्छन। सुमन विगत १३ महिना देखि साउदी अरबको एक अस्पतालमा आफ्नो उपचार गराइरहेका छन्। परिवारलाई धनले सुखी बनाउन साउदी होम्मिएका सुमनको कामबाट फर्किने क्रममा सडक दुर्घटना भएको थियो। त्यस भयानक दुर्घटनामा उनी मुस्किलले बाचे तर यसलाई उनको भाग्य भन्नु कि दुर्भाग्य। उनी बाच्न त सफल भए तर उनी शारीरिक रुपले अशक्त छन्। अहिले न त उनले आफ्नो आफन्त भेट्न पाएका छन् न त पुरा उपचार खर्च।


उनका साइला भाई शारीरिक रुपमा अशक्त छन्। सुमनले आफ्नो भाईलाई मास्टरसम्म पढाउने धोको राखेका थिए तर बि एडसम्म मात्र पढाउन सकेकोमा सुमनलाई निकै नै पिरोल्छ। उनका भाईले मास्टरमा भर्ना हुन पाएनन। किनभने कमाउन गएका दाजु नै विरानो देशको अस्पतालको बेडमा निरास भएर लडिरहेका छन्। सुमनको प्रेमिकाले पनि उनको यस्तो अबस्थाका कारण छाडेर गईन। सम्पति कमाउन ठुला सपना बुनेर आएका सुमनलाई आफ्नो भाईको माया र अपाङ्ग भएपछि जिन्दगीभर कमाउन सक्दिन भन्ने चिन्ताले खाएको छ।

शुरुवातमा उनी सन् २००८मा इराक गएका थिए त्यसको दुई वर्षपछि नेपाल फर्किएर फेरी साउदी अरबिया गएका हुन्। उनी साउदी हेवी ड्राईभिङ्गका लागि अल हायाव मेनपाउरबाट गएका थिए। उनलाई बढीमा पनि २१०० तलब हुने बताइएको थियो तर त्यहाँ उनले १२०० मात्र पाएका रहेछन। उनी अरब बसेको अहिले ६ वर्ष लाग्यो। तर २०१७ सप्टेम्बर १० तारिखमा उनको भाग्यले अर्को मोड लियो । वर्षौ देखि देखेका उनको सपना सबै छताछुल्ल बन्यो। त्यस दिन उनी विहान ५ बजे देखि काम गरेर थकित मुद्रामा आफुले चलाउने ट्रकबाट कोठा फर्किदै थिए। त्यस समय रातको १ बजिसकेको थियो। उनी फर्किने क्रममा अचानक दुईअर्को गाडीले ओभरट्याक गर्न खोज्यो। त्यसपछि तीनओटै गाडी ठोक्किदा दुर्घटना भएको थियो।

शुरुमा उनलाई किङ्ग अब्दुल अस्पताल लागिएको थियो। त्यसको ५ महिनापछि अर्को अस्पताल पुराइयो। अस्पतालको लापरवाहीका कारण उनको खुट्टा झनै बिग्रिएको छ। उनको घाँटी पनि भाचिएका कारण दुई ठाउँमा टाँका लगाइएको छ। उनलाई पछिल्लो अस्पतालका डाक्टरले घटना हुने वित्तिकै उपचार गरेको भए खुट्टाको यस्तो हालत नहुने बताएका थिए। उपचारमा ढिला सुस्ती भएको कारण खुट्टाको अवस्था यस्तो भएको हो भन्दा उनी झनै दुखि भए। शुरुमा अस्पताल पुर्याउंदा उनको होश थिएँन। डाक्टरले तत्काल उपचार गर्नुको साटो कागजजातहरुमा मात्रै ध्यान दिएको थियो। डाक्टरको यस्तो लापरवाहिका कारण उनी अहिले दयानीय अवस्थामा छन्।

उनको देब्रे खुट्टामा गहिरो चोट छ। उनको त्यस खुट्टाको थाईमा १ फिट चिरेर रड राखिएको छ भने जोर्नी र पैताला खुम्चाउन मिल्दैन। तर पनि अझै निको भैईसकेको छैन। डाक्टरले फेरी अप्रेसन गर्नुपर्छ तर ठिक हुन्छ वा हुदैन त्यो भन्न मुस्किल छ भनेको छन्। न त पैसा छ उनीसंग अप्रेशनको लागि न त अप्रेशन पछि ठिक हुन्छ भने कुनै आश। तर अप्रेशन नगरे घाउ झनै बल्जिने पिरले पनि उनलाई सताएको छ। उनी अन्योलमा छन्। तीन-तीन ओटा ठुला अस्पतालमा धाउँदा पनि उनको स्वास्थ्यमा अलिकति पनि सुधार आउन सकेको छैन।

प्रहरीअनुसार मृत्यु हुनेमा ९ जना थिए। दुर्घटनापछि प्रहरीमा उजुरी गरिएको थियो तर उनी आफै हिडेर जान सक्ने अबस्था छैन। उनको एम. राई. आई. सहितको उपचार खर्चमा करिब ५५ लाख खर्च भईसकेको छ। अब थप खर्च कसरी झुटाउने भन्ने तनाबमा छन् उनी। अहिलेसम्म उनको उपचार खर्च विमाबाट मात्रै गरिएको छ। उनको कम्पनीले खासै हेरिरहेको छैन। उनीले उपचार खर्च त कुरै छाडौ १३ महिना देखि पारिश्रमिक पनि कम्पनीबाट पाएका छैनन् । उनी आफ्नो उपचार गर्न नेपाल आउन चाहन्छन तर कम्पनीका साहुले पुलिस केस छ अहिले जान मिल्दैन भनेर अनेक बहाना बनाउछन। उनले डिउटी गरिरहेको क्रममा दुर्घटना भएका कारण उनी कार्यरत कम्पनीले उपचारखर्चको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन्। यसै सिलसिलामा उनले आवाज उठाईरहेका छन् तर उनको आवाज सुन्ने त्यहाँ कोहि छैन।

उनलाई त्यहाँ हेर्ने पनि कोहि छैन। उनी अर्काको देशमा एक्लै अस्पतालमा पिरै पिरमा बाचिरहेका छन्। उनलाई अब आफ्नो स्वास्थ्यमा सुधार ल्याएर अझै केहि गर्न सक्छु भन्ने सोच छ। सास रहुनजेल आश रहन्छ भने झैँ उनलाई आफुले अझै जीवनमा धेरै काम गरेर अघि बढ्नु छ भन्ने लाग्छ। उनी अशक्त बनेर बस्न चाहदैनन्। उनी आफ्नै पौरखबाट जीन्दगी चलाउन चाहन्छन। जसका लागि उनलाई कतैबाट आफ्नो यस्तो अवस्था देखेर सहयोग पाइन्छ कि भन्ने आश छ। उनले आफ्नो उपचारका लागि सहयोग गर्न अपिल पनि गरेका छन्। उनले बेलाबखतमा आफ्नो फेसबुकमार्फत आफ्नो गुनासो पोख्ने गर्छन।

‘दर्शकवृन्द ‘सेवा नै धर्म हो।’ हामीहरुको सानो सहयोगले कसैको जिन्दगीमा आशाको किरण आउन सक्छ। त्यसैले उनलाई आफुले सक्दो सहयोग गरौ। चन्द्र बहादुर गुरुङलाई सहयोगको लागि मोबाइल नं ००९६६५३८५५९२५० सम्पर्क गर्नसक्नु हुनेछ। त्यस्तै उनको नेपालमा बस्ने भाई खड्ग बहादुर गुरुङको सम्पर्क  न : ९८०८२९७३७३ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू