काठमाडौँ, २९ कात्तिक: संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसनमा खटीने प्रहरी अधिकृतहरुलाई आज बिदाइ गरिएको छ ।
प्रहरी प्रधान कार्यालय प्रशासन विभाग तथा मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले प्रहरी अधिकृतहरुलाई बिदाइ गर्नुभएको हो । बिदाइ समाोहमा राईले मिसनको उद्देश्यनुसार दिइएको जिम्मेवारी पूरा गरी अनुशासन र बफादारितासाथ उच्च व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिनुभयो. ।
प्रहरी नायब उपरीक्षक मदन कुँवरको नेतृत्वमा मंसिर १ गते प्रहरी टोली सुडान जाँदै छ । टोलीमा प्रहरी नायब उपरीक्षक दुई, प्रहरी निरीक्षक तीन, प्रहरी नायब निरीक्षक पाँच, प्रहरी सहायक निरीक्षक एक गरी ११ प्रहरी अधिकृत छन् । यसैबीच प्रहरी प्रधान कार्यालयले ३३९ जना प्रहरी जवानलाई प्रहरी हवल्दार पदमा बढुवा गरेको छ । बढुवा समितिको आजको बैठकको सिफारीश अनुसार बढुवा गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
-रासस