नायक खनालको आट्स एकाडेमी शुरु

admin

काठमाडौँ, १ मङ्सिर : चलचित्र अभिनेता सरोज खनालको काठमाडौँस्थित दरबारमार्गमा ‘माला आट्स एकाडेमी’को आज शुभारम्भ गरिएको छ । चलचित्र क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न एकाडेमी सञ्चालनमा ल्याएको एकाडेमीको प्रबन्ध निर्देशकसमेत रहनुभएका अभिनेता खनालले बताउनुभयो । आज कलाकारको उपस्थित एक कार्यक्रममा उद्घाटन गरिएको कला एकाडेमीमा औपचारिक कक्षा भने आगामी मङ्सिर महीनाबाट शुरु हुने जनाइएको छ । कलाकर्ममा लागेकाले पछिल्लो पुस्तालाई नयाँ बाटो देखाउने अभियान एकाडेमी भएको भन्दै उहाँले चलचित्र क्षेत्रमा योगदान दिने प्रयास थालेको खनालको भनाइ छ ।

सो क्रममा कवि तथा गीतकार वसन्त चौधरीले कलाकार देश चिनाउने सच्चा राजदूत भएको भन्दै एकाडेमीले कला क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नाटककार हरिहर शर्माले राष्ट्रको वास्तविक समृद्धि नै सांस्कृतिक समृद्धि भएको उल्लेख गर्दै संस्कृति, कला, भाषा र साहित्यलाई समृद्धि बनाउनुपर्नेमा जोड दिनुभयो । यसका लागि अध्ययनको खाँचो रहेको र यस्तै प्रतिष्ठानबाट दक्ष कलाकार उत्पादन भएपछि मात्रै कला, साहित्यलाई समृद्ध पार्न सकिने उहाँले आँैल्याउनुभयो ।

सो क्रममा कलाकार शिव श्रेष्ठ, गौरी मल्ल, सुनील थापालगायतले प्रतिष्पर्धात्मकरुपमा अगाडि बढेको नेपाली चलचित्र क्षेत्रमा दक्षजनशक्ति उत्पादनमा एकाडेमीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । एकाडेमीका अध्यक्ष चन्द्रमाला शर्माले अभिनय कलालाई चुस्त बनाउन एकाडेमीले सहयोग गर्ने बताउनुभयो । यहाँ तीन महिने कक्षा चलाउने र यसको शुल्क रु ६० हजार लाग्ने जनाइएको छ । माला कला एकाडेमीलाई प्रोडक्सन हाउसका रुपमा समेत विकास गरिएकाले चलचित्र निर्माणसमेत गर्ने योजनासमेत रहेको खनालले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया