देउसी भैलोको रकमबाट अक्षयकोष

मनिषा थापा

तुलसीपुर, २ मङ्सिर (रासस)  : नेपाल प्रेस युनियन दाङले यसपालीको देउसीे भैलो खेलेर सङ्कलन भएको रकमबाट अक्षयकोष स्थापना गरेको छ ।

युनियनले आपतकालीन अप्ठेरोमा परेका पत्रकारलाई सहयोग गर्नका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । अक्षयकोषबाट जम्मा भएको ब्याजले पत्रकार अप्ठेरोमा परेका समयमा सहयोग गरिने बताइएको छ ।

देसी भैलोबाट सङ्कलित रु तीन लाख रकममध्ये रु एक लाखको अक्षयकोष स्थापना गर्ने र बाँकी रकम भवन निर्माणमा लगाउने निर्णय भएको युनियनका जिल्ला अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

पितृ शोकमा रहेका युनियनका सदस्य अमरराज आचार्यको परिवारलाई रु १० हजार आर्थिक सहायता प्रदान गरिएको छ । आचार्यका बुबा मणिराम आचार्यको निधन भएको आज पाँचौँ दिन हो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू