काठमाडौँ, ३ मङ्सिर:राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले द्वन्द्वपीडितलाई उनीहरुको अधिकारबाट विमुख गर्न नहुने बताउनुभएको छ । नेपाल मानवअधिकार सङ्गठनले आज बुझाएको ज्ञापनपत्र लिँदै अध्यक्ष शर्माले द्वन्द्वपीडितले न्याय पाउनुपर्ने बताउनुभयो । अध्यक्ष शर्माले द्वन्द्वपीडितले पाउने न्याय ओझेलमा पर्न नदिनका लागि द्वन्द्वपीडित एक ढिक्का भएर न्यायका लागि लड्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सङ्क्रमणकालीन न्यायका संयन्त्रहरुबाट समयमै प्रतिवेदन÷सिफारिश नेपाल सरकारलाई बुझाएको अवस्थामा मात्रै मानवअधिकारका विषयले मूर्तरुप लिन सम्ने स्पष्ट पार्नुभयो । द्वन्द्वपीडितबीच नै द्वन्द्वको रेखा देखा पर्न नहुनेमा जोड दिँदै अध्यक्ष शर्माले मानव अधिकारको विषयलाई संस्थागतरुपमा सम्बोधन गर्न सहज हुने बताउनुभयो ।
अधिवक्ता ओमप्रकाश अर्यालले द्वन्द्वपीडितको न्याय पाउने अधिकारलाई ओझेलमा पर्न नदिन र पीडकलाई कारवाहीको दायरामा ल्याउन आयोगका अध्यक्ष शर्मालाई ज्ञापनपत्र बुझाएको जानकारी दिनुभयो ।
-रासस