राजकीय शैलीमा प्रियंका र निकको विवाह हुँदै, यस्तो छ विवाहको तयारी

मनिषा थापा

बलिउडका चर्चित जोडी रणबिर र दिपिकाको बिबाह सेलाउन नपाउर्दै अर्को चर्चित जोडी अभिनेत्री प्रियंका चोपडा र अमेरिकी संगीतकर्मी निक जोनसको बिबाह शुरु हुँदैछ ।यी चर्चित जोडीको बिबाह राजकीय शैलीमा हुँदैछ ।

यो जोडीले भारतको सबैभन्दा सम्पन्न राजदरबारमा विवाह गर्न लागेका हुन् । भारतको जोधपुरस्थित उम्मेद भवनमा उनीहरुको दुई दिन विवाह हुने भएको छ ।प्रियंकाको परिवार हिन्दु भएकाले डिसेम्बर १ अर्थात शनिबार क्रिष्चियन परम्परा र डिसेम्बर २ अर्थात आइतबार हिन्दु परम्परा अनुसार विवाह हुनेछ ।

विवाहका लागि प्रियंका र निक परिवारसहित विवाहका लागि जोधपुरमा रहेको उम्मेद भवन पुगेका छन् । यो भवन विश्वको छैटौँ ठूलो व्यक्तिगत आवस भवन रहेको बताइन्छ । यो भवनको २६ हेक्टर जमिनमा फैलिएको बगैँचामा मयूर नाचेको देख्न सकिन्छ ।

होटलको ग्र्याण्ड प्रेसिडेन्सियल सुटमा एक रात बिताउनका लागि पाँच लाख भारतीय रुपैयाँ तिर्नु पर्छ । अभिनेत्री प्रियंका चोपडा र अमेरिकी संगीतकर्मी निक जोनसको बिबाह समारोहमा हलिउड अभिनेता डवेन जोन्सन, लुपिता न्याङ्गो र टक शो होस्ट केली रिपा स्टार सहभगी हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू