सामाजिक कूरीति न्यूनीकरणका लागि सरकार गम्भीर हुनुपर्छ: प्रवक्ता विश्वकर्मा

admin

कालीकोट, १८ मङ्सिर : नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले १० वर्षे जनयुद्धमा क्रान्तिको मुख्य केन्द्र कर्णालीको कालीकोटले ठूलो भूमिका खेलेको बताउनुभएको छ ।

कालीकोटको मान्ममा आज आयोजित राजनीतिक दल, पत्रकारसँगको भेटघाटमा उहाँले देशमा देखिएको सामाजिक कूरीति, कालोबजारी, निर्मला बलात्कार हत्याकाण्ड र महङ्गीजस्ता कुरामा सरकारले छानविन नगरेमा आफ्नो पार्टीले सङ्र्घषका कार्यक्रम ल्याउने बताउनुभयो ।
-रासस

प्रतिक्रिया