हेटौँडामा बसपार्क निर्माण शुरु

कृष्ण रोकाया

हेटौँडा, १९ मङ्सिर : मकवानपुर जिल्लाको पूर्वी क्षेत्रमा सवारी साधन सञ्चालनका लागि हेटौँडामा बसपार्क निर्माण कार्य शुरु गरिएको छ ।

हेटाँैडा–४ स्थित भैरव रोड र भुटनदेवी माविको रोडमा पर्ने खाली जग्गामा हेटाँैडा नगरपालिकाले बसपार्क बनाउन शुरु गरेको हो ।
विगतमा कम्मल उद्योग सञ्चालनमा रहेको र अहिले बन्द अवस्थामा रहेको सो उद्योगको खाली जमीनमा बसपार्क निर्माण हुन लगेको हो । करीब १० कट्ठा जमीन रहेको सो उद्योगको बहुसङ्ख्यक जमीन खोलिरहेकाले सो स्थानमा बसपार्क बनाउन लागेको नगरपालिकाको प्राविधिक शाखाले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जमीनको हक दाबी गर्न आएमा सो जग्गाबाट बसपार्क खाली गरिने बताउँदै पुरानो बसपार्कमा ठाउँको अभावका कारण बसपार्कको विस्तार गर्न लागेको बताउनुभयो ।

स्थानीय बासिन्दाका रामप्रसाद पोखरेलका अनुसार सो उद्योगको खाली जमीनमा केही राजनीतिक दल र हेटाँैडाका केही व्यक्तिले हड्प्ने प्रयास गर्दै आएको बताउनुहुन्छ । सो उद्योगको जीर्ण भवन र खाली जमीनमा अवैधरुपमा केही व्यक्ति बसेकाले उनीहरुलाई हटाउने काम पनि उपमहानगरपालिकाले गरेको प्रमुख महतले भन्नुभयो ।

राजश्व छलेको आशङ्कामा तीन वटा ट्रक नियन्त्रणमा

राजश्व अनुसन्धान क्षेत्रीय कार्यलय पथलैयाले भन्सार राजश्व छलेको आशङ्कामा तीन वटा ट्रकलाई नियन्त्रमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

कार्यालय प्रमुख राजन बिसीका अनुसार विराटनगर भन्सारबाट कपडासहित अन्य खाद्यान्नका सामग्रीसहित काठमाडाँै जान लागेको ट्रकको राजश्व छलेको आरोपमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।

विशेष सुराकीको आधारमा आएको जानकारीको आधारमा उक्त तीनवटा ट्रकलाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान विभाग काठमाडौँलाई समेत जानकारी गराइएको प्रमुख बिसीले भन्नुभयो । विराटनगर भन्सार कार्यालयका कर्मचारीले पनि उक्त ट्रकको सम्बन्धमा केही बोल्न चाहेका छैनन् । रासस

प्रतिक्रिया