धाम निर्माणका लागि प्राइम बैंकको सहयोग

admin

चितवन, १९ मङ्सिर : भरतपुर महानगरपालिका–११ मा रहेको गणेशस्थानलाई गणेशधाम बनाउन सहयोग पु¥याउने उद्देश्यले प्राइम कमर्सियल बैंकले रु एक लाख ५० हजार सहयोग गरेको छ ।

प्राइम कमर्सियल बैँक भरतपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गणेशधाम निर्माणका लागि रु एक लाख ५० हजार सहयोग गरेको जनाएको छ । बैंकका भरतपुर शाखा प्रबन्धक पदमराज पौडेलले गणेशथानमा आयोजना गर्न लागिएको धनधाञ्याचल महायज्ञ मूल समारोह समितिका अध्यक्ष दिनेश चुकेलाई आज सो रकम हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै आजै महालक्ष्मी विकास बैंक नारायणगढ शाखाले गणेशधाममा खानेपानी ट्याङ्की निर्माणका लागि रु४० हजार सहयोग गरेको छ । बैँकका शाखा प्रबन्धक वीरेन्द्रकुमार चौधरीले मूल समारोह समितिका अध्यक्ष चुकेलाई सो रकम हस्तान्तरण गर्नुभयो । यसैगरी महायज्ञ समारोह सञ्चालन र प्रचारप्रसारका लागि कालिका व्याग उद्योगका संञ्चालक उमेश पियाले रु २० हजारको झण्डा र झोला सहयोग गरेको प्रचार समिति संयोजक गौरीश्वर सापकोटाले बताउनुभयो ।
-रासस

प्रतिक्रिया