दाँत किराले खाएर दुखेको छ ? छुट्कारा पाउँन यसो गर्नुस् [हेर्नुहोस डाक्टरको सुझाब]

शर्मिला गुरुङ

दाँत स्वास्थ्य र सौन्दर्य दुबैको लागि अति महत्वपूर्ण अंग हो । यसलाई स्वस्थ, सफा र सुन्दर राख्ने सबैको चाहाना हुन्छ । नचहाँदा नचहाँदै पनि विविध कारणले दाँतमा समस्या आउँछ । अधिकांशमा दाँतमा आउने समस्या मध्ये एक हो किरा लाग्ने र दुख्ने । दाँतमा किरा लाग्ने र दुख्ने किन हुन्छ ? यस्तो समस्याबाट छुटकारा पाउन के गर्ने ? दन्त रोग विशेषज्ञ डाक्टर राजिब सिंह भन्छन,”दाँतमा लाग्ने रोगलाई हामी सामान्य रुपमा लिन्छौ । दाँत सुन्दरताको लागि मात्र हो भन्ने धेरैको सोचाई छ ।”

तर बेलैमा उपचार नगरे दाँतमा लाग्ने रोगले क्यान्सरसम्म हुने गर्दछ । दाँत तीन तहले बनेको हुन्छ । चिकित्साशास्त्रमा पहिलो बाहिर देखिने सेतो भाग, जसलाई इनामेल भनिन्छ । इनामेल भन्दा भित्रको भाग डेन्टिन र डेन्टिन भन्दा भित्रको भाग जसलाई पल्प भनिन्छ । पल्प दाँतको सबै भन्दा कमजोर र संवेदनशील भाग हो जहाँ रक्तसंञ्चार हुन्छ । मुख भित्र विभिन्न किसिमका व्याक्टेरिया हुन्छन् । हामीले खाएको खाना दाँतमा बसिरहँदा त्यस्ता व्याक्टेरियाले एसिड उत्पन्न गर्छ र यसले बिस्तारै किरा लाग्न सुरु हुन्छ । दाँतमा किरा लाग्ने धेरै कारणहरु छन् ।

हेर्नुहोस  भिडियोमा :

प्रतिक्रिया