कस्तो निर्दयी आमा ; छोराको दुवै मृगौला फेल हुँदा समेत आमाले वास्ता गरिनन् [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : ताप्लेजुङ्गका विक्रम लिम्बुको दुवै मृगौला फेल छ। निम्न परिवारमा हुर्किएका लिम्बुको उपचारका लागि सहयोग गर्ने कोहि छैनन्। उनको घरमा दुईवटा दाजु र आमा छिन् भने उनका बाबुको सानैमा निधन भएको थियो। उनका परिवारले भयानक रोग लागेपछि वेवास्था गरेका छन्।

२० वर्षीय लिम्बुलाई कक्षा ८ देखि नै मृगौलाको समस्या देखा परेको थियो। विगत ५ वर्ष देखि मिर्गौला रोगबाट पिडित लिम्बुले हालसम्म डाईलेसिस गराईरहेका छन् ।

उनी अहिले एक्लै भक्तपुरमा कोठा लिएर विरानो शहरमा बसेका छन्। डाईलिसिस निशुल्क भएका कारण उनी एक्लै बसिरहेका छन्। उनलाई घरबाट पनि खासै वास्ता नगरेको उनको भनाई छ।

उनी भन्छन, ‘परिवारबाट चासो नदेखाएका कारण डाक्टरसंग परामर्श लिन जान मन लागेन। कोठामा बस्न गाह्रो छ कहिले काही भोकै बस्नु पर्ने बाध्यता हुन्छ।’ उनलाई मिर्गौला ट्रान्सप्लान्ट गर्ने कम्तीमा पनि ७ ८ लाख लाग्ने डाक्टरले बताएका छन्। पिडित लिम्बुका अनुसार, शुरुवातमा उनका आमाले मिर्गौला दिने भनेकी थिइन् पछि उनी टाढा हुँदै गईन र छोराको खोजखबर पनि गरिनन्। त्यति ठुलो रकम यी कलिलो उमेरका लिम्बुले जुटाई रहन सकेका छैनन।

पिएनपिखबरसँगको कुराकानीमा भावुक हुँदै भने, ‘म बाच्न चाहन्छु। मलाई बाच्न रहर छ। आमा तपाई यहाँ चाडै आएर रोगको बारे बुझेर उपचार गरिदिनुहोस। मलाई मिर्गौला दिएर बचाई दिनुहोस।’ उनले मिडियामार्फत आर्थिक सहयोगका लागि अपिल गरेका छन्।


दर्शकवृन्द ! सेवा नै धर्म हो। तपाईंहरूको सानो सहयोगले कसैले पुन जीवन पाउने छन । कृपया पीडित विक्रम लिम्बुलाई सहयोगको लागि सम्पर्क नम्बर : ९८०८०९७८१५ रहेको छ। उनको बैंक खाता, कृषि बिकास बैंक भक्तपुर शाखा कार्यालय, खाता नं ; ०२१२२०१२४३०१९०१५

प्रतिक्रिया

सम्बन्धित समाचारहरू