चार जनाको एकै चिहान ; वंश नाश हुनेगरी भएको झापाको आगलागीको वास्तविकता छिमेकीले खुलाए [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर : झापाको शिवसताक्षी नगरपालिका ७ लालझोडामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । घरमा अचानक लागेको आगलागीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्सिर ९ गतेको राती आगलागी भएको हो । खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ । ट्याक्टरको लागि राखिएको डिजेलले गर्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए पनि अझसम्म वास्तविक कारण भने खुल्न सकेको छैन।

प्रहरीका अनुसार मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, ४ वर्षीया सुप्रिया खनाल र ३ महिनाका टिकाराम खनाल रहेका छन् आगलागी के कारणले भएको हो भन्ने पुष्टी भएको छिमेकीले जनाए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ। मृतकका छिमेकीले रुँदै भनिन्, ‘हाम्रो सम्बन्ध निकै सुमधुर थियो । आगो लाग्दा कुनै पनि आवाज आएन, हामीले बचाउन सकेनौ। कसले लगायो भन्ने हामी अन्योलमा छौ ।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू