अकासियो सुनको भाउ

मनिषा थापा

नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति १० ग्राम पचास हजार ९ सय २५ रुपियाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको बृद्धिका कारण आन्तरिक बजारमा पनि बृद्धि आएको सुनचाँदी व्यवसायीले जनाएका छन् ।

आज चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपियाँले बढेर ७ सय २५ रुपियाँमा कारोबार भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य छ सय २२ रुपियाँ ५० पैसा कायम भएको छ ।

प्रतिक्रिया