स्वास्थ्य मन्त्रालयको सचिवमा अधिकारी

admin

काठमाडौँ, २४ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारीले कार्यभार सम्हाल्नुभएको छ । यसअघि उहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव पदमा कार्यरत हुनुहुन्थ्यो । आज कार्यभार सम्हाल्दै उहाँले संविधान प्रदत्त स्वास्थ्य अधिकारलाई कार्यान्वयन गर्न सरकारका नीति तथा कार्यक्रम आएकोले यसलाई सबै मिलेर अगाडि बढाउन आग्रह गर्नुभयो ।

उहाँले सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्य प्रदायक संस्थाबीचमा आगामी दिनमा अझ प्रभावकारी समन्वयको खाँचो औँल्याउनुभयो । सचिव अधिकारी सहसचिवका रुपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत रहँदा बीमा कार्यक्रम कार्यान्वयनमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।
-रासस

प्रतिक्रिया