अमेरिका हिँडेका युवा साढे दुई करोड गुमाएर फर्किए

admin

काठमाडौं, २५ मङि्सर :करिब एक बर्ष अघि अमेरिका हिँडेका युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरु स्वदेश फर्किएका छन् ।

रोल्पाका २२ बर्षीया नरेन्द्र घर्तीमगर १ असोज ०७४ मा अमेरिका जान हिँडेका थिए । अमेरिका पुग्ने आसमा उनले ४८ लाख ५० हजार सिध्याए । भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाईटी हुँदै क्यारेबियन मुलुक ट्रक टिटस आईल्यान्ड पुगे ।

तर, अमेरिका पुगेनन् । टिटस आईल्याण्डमा सात महिना जेल परे । उनीसँगै गएका रोल्पाकै ३१ बर्षीया शेरबहादुर घर्तीले पनि सोही जेलमा सात महिना बिताए । ​अमेरिका पुग्ने आसमा उनको पनि ४७ लाख २३ हजार सकियो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया