पौष ११, काठमाडौं : मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले डिभोर्सको बार्षिकोत्सव मनाउने भएकी छन् । एक वर्षअघि सम्बन्ध विच्छेद गरेकी हाँस्य कलाकार गजुरेलकी पूर्वपत्नी मिना ढकालले डिभोर्स भएको दिनलाई उत्सवका रुपमा मनाउने भएकी हुन् ।
विभिन्न किसिमका अन्तर्वाता दिएर चर्चा कमाएकी उनले डिभोर्स भएको एक वर्ष पूरा भएको अवसरमा आज (बुधबार) नयाँ बानेश्वरमा रहेको आफ्नो बुटिकमा चियापानको आयोजना गर्ने बताइकी छिन् । उनले फेसबुकमा लेखेकी छन्, ‘भोलि ११ गते म स्वतन्त्र भएको एक बर्षको उपलक्ष्यमा मेरा आत्मीय शुभचिन्तकहरुलाई चियापानको लागि आमन्त्रण गर्दछु !’
उनको यो डिभोर्सकाे उत्सव मनाउने निर्णयलाई धेरैले शुभकामना दिए पनि कसैले भने कटाक्ष समेत गरेका छन् । गत वर्ष सम्बन्ध विच्छेद गरेका मनोज गजुरेल र मिना ढकालका एक छोरा र एक छोरी छन् । मिनाले नयाँ बानेश्वरमा एउटा बुटिक सञ्चालन गर्दै आएकी छन् ।