गायक बन्न दैनिक कालिमाटीमा तरकारीको भारी बोक्दै यी लोकगायक (भिडियो)

मनिषा थापा

पिएनपिखबर : तुलशीराम केसीलाई सबैले तरकारीको भारी बोकेर बनेका लोकगायक भनेर चिन्ने गर्छन। उनी रोप्लाबाट काठमाडौँसम्म गायक बन्छु भन्ने सपना बोकेर आएका हुन्। तर उनले सोचे जस्तो सपनाको शहर बन्न सकेन काठमाडौँ।

उनी गायक बन्छु भनेर त आए तर यहाँ बस्नको लागि निकै संघर्ष गर्नुपर्यो। कोठाभाडा तिर्न, पढाईको खर्च देखि सांगेतिक क्षेत्रमा पनि निकै पैसा लाग्ने गर्छ सोहि रकम जुटाउन उनी कालिमाटीस्थित तरकारीको भारी बोक्ने गर्छन।

उनले हालै २ ओटा लोक दोहोरी पनि रेकर्ड गरईसकेका छन्। उनी भन्छन, ”दिनको ६०, ७० किलोको सामान बोकेर ओसार पोसार गर्न गाह्रै हुन्छ। मैले त्यहाँबाट कमाएको पैसा सबै गीतसङ्गीत मै हालेको छु। उनी कामका साथ् सथौ पढ्ने पनि गर्छन।”

उनी भन्छन, ”काठमाडौँमा पानी समेत् किन्न पर्छ। यहाँ सघर्ष गरेर बाच्न निकै कठिन छ।’उनी आफुलाई भरियाको काम गर्छु भनेर चिनाउन कुनै आपत्ति नरहेको जनाए।”

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू