बढ्यो सुनचाँदीको भाउ

शर्मिला गुरुङ

काठमाडौँ, १२ पुस : आज साताको पाँचौं दिन अर्थात बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

हिजो बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँ र तेजाबी सुन ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज एक सय रुपैयाँले बढेर ५९ हजार ५०० रुपैयाँ र ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आज बिहीबार बजारमा चाँदीको मूल्यमा दश रुपैयाँले बढेको छ ।
हिजो बुधबार पाँच रुपैयाँले बढेर ७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज फेरि बढेर ७ सय ३५ रुपैयाँमा कारोबारमा भइरहेको छ ।

प्रतिक्रिया