सुधार केन्द्र ‘कृपा घर’मा राखिएका महिलालाई चरम यातना, ९ महिलाले गुमाए मानसिक सन्तुलन

admin

काठमाडौं, पुस १३: बूढानिलकण्ठमा सञ्चालित सुधार केन्द्र ‘कृपा घर’ मा राखिएका महिलालाई यातना दिने गरेको पाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

अवैध तवरबाट सञ्चालित सुधार केन्द्रका सञ्चालकले दिएको यातना सहन नसकेर भागेका दुई महिला प्रहरीको शरणमा पुगेका छन् । बुधबार शरणमा दुई महिला आएपछि महानगरीय प्रहरीले सुधार केन्द्रमा छापा मारेको छ ।

‘अमानविय व्यवहार गरेको पाइएकाले उक्त सुधार केन्द्र बन्द गर्ने निर्णय गरेका छौँ’ डीएसपी बोगटीले भने, ‘प्रारम्भिक अनुसन्धानमा यातनाबाट ९ महिलाको मानसिक सन्तुलन नै गुमेको भेटियो ।’

प्रतिक्रिया