थारू महोत्सव हुँदै

admin

घोराही, १४ पुस : थारू समुदायको मुख्य पर्व माघीको अवसरमा दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने भएको छ । यही पुस २७ र २८ गते आयोजना गर्न लागिएको उक्त महोत्सवलाई भव्य र सभ्य बनाउन उक्त जिल्लास्थित थारू कल्याणकारिणी सभाका सभापति भुवन चौधरीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

थारू समुदायको मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो महोत्सवमा मघौटा नाचको विशेष प्रस्तुत रहनाका साथै थारू परिकारका रूपमा घोङी, ढिक्री, अनदी चामलको भात, माछा, सुँगुरको मासुलगायतको स्टल राखिने संयोजक चौधरीले जानकारी दिनुभयो । त्यसैगरी महोत्सवमा परम्परागत हस्तकला, थारू भाषाका पुस्तक प्रदर्शनी पनि गरिने भएको छ ।
-रासस

प्रतिक्रिया