यी महान आमा ! जसले एक बच्चालाइ बचाउन गर्भमा बोके दुई मृत बच्चाको शरीर

रिता घिसिंग

एजेन्सी : बेलायतको लिभरपुलकी एक महिलाको गर्भवती भएको बेलाको चकित पार्ने घटना सार्वजनिक भएको छ। बर्नाडेट मर्फीले २०१४ मा मृत्यु भएका दुई वटा बच्चालाई पूरै नौ महिनासम्म पेटमै राखेका हुन्। दुवै बच्चाको मृत्यु उनी गर्भवती भएको तीन महिनामा नै भएको थियो। केही दिन अगाडि यी महिलाले सामाजिक संजालमार्फत आफ्नो विगत सुनाएकी हुन्।

मर्फीका अनुसार २६ वर्षको उमेरमा उनी आमा बन्दै थिइन्। डाक्टरले सोनोग्राफी गरेर मर्फीको पेटमा एक मात्र नभएर तीन बच्चा रहेको बताएका थिए, त्यसपछि उनीहरु निकै खुशी भए। तीन महिनापछि चेकअप गर्दा उनीहरुको खुशी धेरै बेर टिक्न पाएन।

डाक्टरका अनुसार गर्भवती भएको १६ हप्तामा तीनमध्ये दुई बच्चाको हार्त बीट रोकिएको थियो। त्यसपछि दुवैको मृत्यु भयो। डाक्टरका अनुसार दुई बच्चाको निधनको कारण ट्विन–ट्विन ट्रान्सफ्यूजन डिम्ड्रोमका कारण भएको हो। यो रोगबाट जुम्ल्याह बच्चाको गर्भनालमा समस्या आउँछ।
डाक्टरका अनुसार तेस्रो बच्चा भने जिवितै थिए। यदि अपरेशन गर्दा उनको पनि निधन हुने खतरा थियो। त्यसपछि मर्फीले दुई मृतक बच्चालाई पेटमा राखेर तेस्रो बच्चालाई जन्म दिइन्।

निकै पीडा सहेर पनि मर्फीले स्वस्थ बच्चालाई जन्म दिन सफल भइन्। मर्फी भन्छिन ‘मलाइ मेरो पेटमा एक बच्चा मात्र जिवित छ भन्ने मैले ठानिन्। मैले अन्तिम दिनसम्म आफ्नो पेटभित्रका तीनवटै बच्चा जिवित छन् भन्ने सोचर बसेँ, जब मैले बच्चालाई जन्म दिएँ त्यो मेरोलागि अनौठो अनुभव थियो। मेरो तपस्या सफल भयो,’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू