भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म बन्ने, विवेक ओवराय मोदीको भूमिकामा

रिता घिसिंग

एजेन्सी : अभिनेता संजय दत्तको बायोपिक फिल्मले सफलता पाएसँगै बलिउडमा अहिले बायोपिक फिल्म बनाउने होड चलेको छ । यस्तैमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जिवनमा आधारित फिल्म बन्ने भएको छ । फिल्मको शूटिंग २०१९देखि शुरु गरिने र फिल्मलाई उमंग कुमारले निर्देशन गर्ने बताइएको छ ।

 

प्रधानमन्त्री मोदीको जीवनीमाथि बनाइन लागिएको फिल्ममा विवेक ओवरायले प्रधानमन्त्रीको भूमिका निभाउने भएका छन् । फिल्मको शूटिंग दिल्ली, गुजरात, हिमाचल प्रदेश र उत्तराखंडमा गरिने भएको छ ।खवरअनुसार विवेकले फिल्ममा दिइने भूमिकाको लागि तयारी शुरु गरिरहेका छन् ।

यसअघि फिल्ममा प्रधानमन्त्रीको भूमिकामा अभिनेता परेश रावललाइ लिइने भनिएको थियो तर निर्माण टिमले हालै विवेक ओवरायलाई फाइनल गरेको हो । फिल्मको लागि नायक र निर्देशक फाइनल भइसकेको तर फिल्मको नाम भने तय भइनसकेको फिल्म निर्माण पक्षले जनाएको छ ।

केहि समय अघि भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजनीतिक करियरमा बनेको फिल्म ‘द एक्सिडेन्टटल प्राइम मिनिस्टर’को ट्रेलर रिलीज भएको छ । फिल्ममा अनुपम खेरले मनमोहन सिंहको भूमिका निभाएका छन् फिल्मको ट्रेलर रिलीज लगत्तै फिल्ममा देखाइएको रानीतिक दृश्यहरुका कारण विवाद शुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू