हँसियाले घाँटीमा हानेर भलबहादुर कुमालको हत्या

शर्मिला गुरुङ

रामपुर, २३ पुस : रामपुरमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ । रामपुर नगरपालिका–४ बस्ने ५५ वर्षीय भलबहादुर कुमाललाई ३६ वर्षीय मनोज थापाले हँसियाले घाँटीमा हानेर हत्या गरेका हुन् ।

फाइल फोटो

आइतबार साँझ जलदेवीस्थान भन्ने ठाउँमा दुई व्यक्तिबीच आपसी झगडा हुँदा सो घटना घटेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । घटनामा संलग्न मनोज थापालाई गएराती पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाल्पा पठाइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिं रानाले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू