भविष्यवाणी गर्ने ज्योतिषहरुको हावा गफको पछि नलाग्न सर्वसाधारणलाई ज्योतिष उपाध्यायको आग्रह (भिडियो)

कृष्ण रोकाया

काठमाडौँ: ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने विज्ञान हो। ज्योतिष विज्ञानलाई पूर्ण सत्य विज्ञानको रुपमा धेरैले मान्ने गर्दछन तर समयसंगै यसमा धेरै विकारहरू आएका छन्। यो विद्यालाई आजभोलि मुख्यत:पैसा कमाउने भाडाको रूपमा प्रयोग गरिएको पाइएको छ। आजकल घरै पिच्छे ज्योतिष, माता, बाबाहरु पाइने गर्छन जो शुल्क लिएर मनगढंते फलादेश गर्न पछि पर्दैनन्।

पछिल्लो समय सामाजिक संजालमा ज्योतिषी र माताले गरेका बिभीन्न किसिमका भबिष्यवाणीको चर्चा परिचर्चा भैरहेको छ। कसैले राजसंस्था फर्कन्छ भनि भविष्यवाणी गरेका छन त कसैले मिति नै तोकेर यति बर्षभित्र राजसंस्था फर्कन्छ भनि भविष्यवाणी गरिरहेका छन। यहासम्मकि पछिल्लो समय रामबहादुर बमजनको बिषयमा बोल्दै कसैले चर्चा कमाउन बमजनलाई आरोप लगाएको समेत अर्जुन छेत्री नाम गरेका एक युवा ज्योतिषले भबिष्यवाणी गरेका छन।

नेपाल ज्योतिष परिषदका प्रदेश नम्बर ३ का उपमहासचिव नरेन्द्र उपाध्याय भने अध्ययन नगरी कसैले सोधेको भरमा मानव जीवन र सम्पूर्ण चराचरको मनगढन्त फलादेश गर्नु गलत भएको बताउछन। अनुहार हेरेर र बोलीको भरमा भविष्यवाणी गर्ने ज्योतिष र माताहरुको बिश्वाश नगर्न समेत उनले सर्वसाधारण जनतालाई आग्रह गरेका छन। उनी भन्छन, ‘नौ ग्रह र अठाईस नक्षत्रका नाम सम्म नजान्ने व्यक्तिहरू आफुलाई ज्योतिष भन्दै आफ्नो नामको अगाडि श्री ज्योतिषविज्ञ, ज्योतिष भास्कर, डक्टर सम्म लेख्न पछि पर्दैनन जसको फलस्वरूप आज यो दिव्य विज्ञान ओझेलमा परिरहेको छ।’

उनि थप्छन, ‘दुईचार वटा श्लोक रटेको भरमा मानव जीवनको मनगढन्त फलादेश गर्नेहरुको संयोगबस कसैको मिल्छ तर अधिकतर मिल्ने कुरामा तपाईं हामी आफै ग्यारेण्टी गर्न सक्दैनौ। कुनै व्यक्ति विशेषको मनगढन्त ग्रन्थ अध्ययन गरेर मानवजीवनको पूर्ण भविष्यफल कथन गर्ने ग्यारेण्टी गर्नु्जु गलत परम्परा हो। यसको न्यूनीकरण गर्नु अति आवश्यक छ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू