घुस लिएको अभियोगमा नायब सुब्बा पक्राउ

admin

काठमाडौँ, ६ माघ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय ललितपुरका नायब सुब्बासहित अर्का एक सहयोगीलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । 

आयोगका अनुसार एक सेवाग्राहीको जग्गा हाल साविक गर्ने प्रयोजनका लागि नायब सुब्बा कुमारबहादुर राजभण्डारी र सहयोगी बाबुराजा शाक्यले रु छ हजार घुस लिँदालिँदै कार्यकक्षबाटै पक्राउ गरिएको हो । आरोपी दुवैको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । 

 

यस्तै आयोगले प्रहरीलाई घुस दिन खोजेको अभियोगमा पक्राउ परेका भारत बहराइचका विजय चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चौधरीले भन्सार छली अवैधरूपमा हार्डवयरका सामान ओसारपसार गर्ने क्रममा पक्राउ परेका चार जना व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाउनका लागि रु १० हजार बराबरको घुस दिन खोजेको आयोगको दाबी छ । यस्तै जिल्ला स्वास्थ्य कार्यालय, गुल्मीका नायब सुब्बा मिना मरासिनीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

-रासस 

प्रतिक्रिया