मेलम्ची ठेक्का तोड्न पत्राचार, नयाँ ठेकेदार नियुक्त गर्न प्रस्ताव

admin

काठमाडौं, ७ माघ : मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन कम्पनी नफर्कने निश्चित भएपछि सरकारले ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरेको छ । आयोजनाको काम तत्काल अघि बढाउन नयाँ ठेकेदार नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिने भएको छ । मेलम्ची खानेपानी उपआयोजनाको ठेकेदार कम्पनी सिएमसीलाई ‘लेटर अफ टर्मिनेसन’ (एकतर्फी ढंगले ठेक्का तोडेको पत्र) पठाएर काम अघि बढाउने मन्त्रिपरिषदबाट निर्यण गर्न लागिएको हो ।

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले मेलम्चीको ठेक्का रद्द भए बाँकी काम मन्त्रिपरिषदबाट स्वीकृत गराई नयाँ ढंगबाट अघि बढाउने दाबी गरे । यो समाचार आजको नागरिक पत्रिकाबाट लिएको हो ।

प्रतिक्रिया