११ बर्षमा २ बित्ताभन्दा सानी अचम्मकै बालिका, पढ्न, लेख्न र गाउनमा अब्बल [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। मोरङकि आयुषा राई अहिले ११ वर्ष कि भईन्। उनी शारीरिक रुपमा अपाङ्ग छिन्। हातले नै नाप्ने हो भने उनी दुइ बित्ताको पनि छैनन्। तर उनको टाठिलो आवाज सुन्ने हो भने उनी शारीरिक रुपमा अपाङ्ग छिन् भनेर पत्ताउन गार्हो हुन्छ।

उनको बुबा वैदेशिक रोजगारीमा जाँदा उतै सवारी दुर्घटना भएर बित्नु भएको उनको हजुरआमाले बताइन्। त्यस दिन देखि नै अयुषालाई पालनपोषण गर्ने, खुवाउने, उठाउने सबै उनको हजुरआमाले नै गर्छिन्। उनको आमालाई भने घरको कामकाज गर्दैमा फुर्सद हुन्न।

आयुषा आफै केहि गर्न सक्दिनन्। उनलाई कपडा लगाइदिने, खुवाउने सबै अरुले नै गरिदिनु पर्छ। यसैकारण विद्यालयमा पढाउन पनि समस्या भयो। घर नजिक नै भर्खरै खोलिएको सिद्धार्थ विद्यालय नामक विद्यालयमा अहिले उनी कक्षा २ मा अध्ययनरत छिन्।

उनी विद्यालय जान निक्कै मन पराउछिन्। कसैले पढेर ठुलो भए पछि के बन्ने भनेर उनलाई प्रश्न गर्यो भने उनले म डाक्टर बन्छु भन्छिन्। उनी विद्यालयमा राम्रो पढ्छिन्। पढ्न बाहेक उनी गीत गाउन मन पराउछिन्।

विद्यालयले उनलाई नँया कपडा, कपि कलम निशुल्क प्रदान गरेको छ। पढ्न पनि उनलाई निशुल्क नै गरिएको छ। उनलाई पिकनिक जान निकै मन पर्ने भन्दै उनले भनिन् ,’मलाई पिकनिक जान एकदम मन पर्छ। विद्यालयले दिएको कपडा म अहिले नलाउने पछि पिकनिक जादा लगाउने। ‘

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू