सुटिङ स्थलमा आफुमाथि निर्देशकले यौन हिंसा गरेको अभिनेत्री स्वरा भास्करको खुलासा

मनिषा थापा

एजेन्सी : भारतीय अभिनेत्री स्वरा भास्करले सुटिङ स्थलमा आफुमाथि फिल्मका डाइरेक्टरले यौन शोषण गरेको बताएकी छिन् । डाइरेक्टरले यौन शोषण गर्दा त्यो बेला आफुमा प्रतिवाद गर्ने क्षमता नभएको बताएकी छिन् ।

‘मी टू’ अभियानमा चुपचाप बसेकी भास्करले एक डाइरेक्टरले आफुमाथि यौन उत्पीडन गरेको बताएकी छिन् । ‘केही समय पहिले एक महिलाले यौन हिंसाका बारेमा बताएपछि म माथिपनि यौन हिंसा भएको थाहा पाएँ’ भास्करले भनिन् ‘डाइरेक्टरले म माथि गरेको ब्यवहार यौन हिंसा हो भन्ने कुरा बुझन मलाई ८ बर्ष लाग्यो ।’

त्यति बेलाका डाइरेक्टर बेबकुफ र र सातिर भएको बताएकी छिन् । ‘मलाई सेक्सुअल हैरेसमेन्ट गर्न खोजेका थिए’ स्वाराले भनेकी छिन् ‘त्यो बेला मैले उनको ब्यवहार बुझन सकिन किनकी हाम्रो समाजमा केटीहरुलाई केटाहरुको ब्यवहारका बारेमा जानकारी दिइदैन ।’ उनले केटीहरुलाई यौन उत्पीडनका बारेमा शिक्षा दिन जरुरी भएको बताएकी छिन् । केटीहरुले यौन शिक्षा लिएपछि मात्र आफुमाथि भएको हिंसाका बिरुद्ध उत्रिन सक्ने हुन्छन्’ स्वाराले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू