नाम्चेका महिला समूह सिंहदरबारमा

admin

काठमाडौैँ, ८ माघ : सोलखुम्बुको नाम्चेमा कार्यरत अगुवा महिलाले आज प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेसँग भेटवार्ता गरेका छन् । सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा पहिलो पटक आएका ती महिला अधिकारकर्मीले नाम्चे महिला समूहले गर्दै आएका सामाजिक काम र सुधारबारे अवगत गराउनुभएको थियो । 

उपसभामुख डा तुम्बाहाङ्फेले समूहले गरेका सामाजिक कार्य प्रशंसनीय भएको उल्लेख गर्दै महिला जागरण र सशक्तिकरणका लागि निरन्तर काम गर्न आग्रह गर्नुभएको थियो ।

-रासस

प्रतिक्रिया