काठमाडौँ, ८ माघ: काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कस्थित एक होटलमा गोली चलेको छ । गोली लागेर अविलास तामाङ घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीमाथि तामाङले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गरेको थियो । प्रहरीको गोली लागेर तामाङ घाइते भएका हुन् ।
तामाङको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ । तमाङको साथबाट एक थान पेस्तोलसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।