चिनी मिलविरुद्ध भारतका उखु किसान

admin

लहान, १५ माघ : सिरहाको चोहर्वास्थित हिमालय सुगर मिलले आफूहरुको उखु खरीद नगरेको भन्दै भारतका उखु कृषक सडकमै धर्नामा बसेका छन् । सिरहाको सीमावर्ती जयनगर जाने कमला पुलमा उखु किसानले आज ट्र्याक्टरमा लोड गरिएको उखुसहित धर्ना दिएका हुन् । भारतीय कृषकले कमला पुलमा बसेर धर्ना दिएपछि सिरहाबाट जयनगर जानेआउने यात्रुलाई सास्ती भएको छ ।

हिमालय सुगर मिलले खरीद गर्ने भन्दै उखुको बीउ वितरण गर्दै खेती गर्न लगाए पनि हाल सरकारी अड्चनको कारण देखाउँदै उखु खरीद गर्न आनाकानी गरेकाले आन्दोलनमा उत्रेको उखु किसानले बताएका छन् । यसअघि भारतीय उखु किसानको चेतावनीपछि एसडिएम शङ्कर शरण नेतृत्वको टोलीले प्रजिअ रुद्रप्रसाद पण्डितसँग समस्या समाधानको पहल गरिदिन आग्रह गरेका थिए । सार्वजनिक लेखा समितिले बाहिरबाट उखु खरीद गर्न रोक लगाएकाले भन्सारबाट आयात रोकिएको भन्सारले जनाएको छ ।
-रासस

प्रतिक्रिया