मोबाइलकाे सुरक्षा अपनाउन यसो गर्नुस्

admin

काठमाडौं, माघ २० : आजकल प्रायः मानिस व्यस्त छन् । कतिपयको व्यस्तता यति चर्को छ कि बिहान सबेरैदेखि राति अबेरसम्म कामैकाम हुन्छ । यस्तो जीवन शैलीले राम्ररी मोबाइल चार्ज गर्न पनि पाइदैन या पाइए पनि आवश्यक समयसम्म टिक्दैन । अझ, तपाईको मोबाइलको ब्याट्री कमजोर छ । वा समय नभएका कारण रातभर मोबाइल चार्ज गरेर छोड्ने गर्नुहुन्छ । यदि, यस्तो हो भने यी कठिनाइबाट यसरी छुटकारा पाउन सकिन्छ ।

अहिले देशमा लोडसेडिङ छैन । त्यसैले तपाईलाई मोबाइल राम्रोसँग चार्ज गर्न समस्या छैन । यसो भनेर मोबाइल धेरैबेर चार्ज नगर्नुहोस । सामान्यतया तीन घण्टा मोबाइल चार्ज गर्दा हुन्छ ।लोडसेडिङ हुँदा पावर बैंकबाट मोबाइल बढी चार्ज गर्न प्रचलन थियो । यसो गर्दा ब्याट्री छोटो समयमै ड्यामेज हुने सम्भावना हुन्छ ।

जहिले पनि चार्ज गर्दा मोबाइल खरिद गर्दा लिएको चार्जर नै प्रयोग गर्नुपर्छ । या भनौँ उही कम्पनीका चार्जर प्रयोग गर्दा ब्याट्री लामो समयसम्म टिक्छ ।मोबाइल खरिद गरेको एक वर्षसम्म कम्पनीकै जिम्मामा हुन्छ । या भनौँ ब्याट्री र चार्जरको वारेन्टी नै हुन्छ । बरु मोबाइललाई पानीबाट भने जोगाउनु पर्छ । पानीबाट नजोगिँदा ब्याट्री मात्र होइन, मोबाइल नै बिग्रने डर हुन्छ । यो नयाँ पत्रिकाबाट लिएको हो ।

प्रतिक्रिया