गायिका रेश्मा केसीको आवाजमा ‘कुम जोडी नाचौ लाग्यो’ गीतको भिडियो सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, २० माघ : संचारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेश्मा केसीको ‘कुम जोडी नाचौ लाग्यो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतकार शिव शर्मा चञ्चलको शब्द र यस जी योगीको संगीतमा तयार भएको ‘कुम जोडी नाचौं’ गीत युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो।

चलचित्र निर्देशक तथा अग्रज कलाकार शिशिर राणाको निर्देशनमा बनेको यो गीतको भिडियोमा मोेडल द्वय निकोलस अर्याल र एन्जल श्रेष्ठको अभिनय रहेको छ। ललितपुरको भैंसेपाटीमा छायाँकन गरिएको यस भिडियोमा शिव ढकालको छायांकन रहेको छ ।

किशन रेग्मीको यस अघिको’ कान्छी हे कान्छी गीत’लाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए । नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका रेग्मी दाङ चलचित्र पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत हुन् ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया