यस्तो ठाउँ जहाँ मरेको मानिसहरुको खोजी गरिन्छ

मनिषा थापा

एजेन्सी : मेक्सिकोमा सन् २००६ सालबाट यता तीन लाख ७ हजार मानिसहरु हराएको सरकारी तथ्यांक छ । यस मध्य धेरै कता छन् भन्ने विषयमा कुनै पनि आधिकारिक जानकारी छैन । उनीहरुले आफ्नो पछाडी रोइरहेका धेरै आफन्तहरु छोडेर गएका छन्, जो उनीहरु कहाँ छन् भन्ने जान्न चाहान्छन् ।

मेक्सिकोको उत्तरी राज्य सिनालोआका एक आमाले हराएको आफ्नो छोराको खोजी गर्न शुरु गरेकी छिन् । जब उनलाई कुनै पनि बेवारिसे चिहानको बारेमा थाहा हुन्छ उनी औजार लिएर खन्न पुग्छिन् ।

फोटो पत्रकार ऐलेखानद्रो सेगार्राले ति महिलासहित उनलाई साथ दिने ३० जना महिलाहरुको तस्वीर आफ्नो क्यामराले कयद गरेका छन् ।

मिरना नेरेदा मेडिनाले यो कामको शुरुवात गरेकी हुन् । सन् २०१४ मा उनको छोरा रोवर्टो गान्वा एउटा पेट्रोल पम्पको बाहिरबाट हराएका थिए । प्रत्यक्षदर्शीका अनुसार १४ जुलाई २०१४ मा एउटा कालो रंगको ट्रक पेट्रोल स्टेशनमा आएर रोकियो, त्यसभित्र भएका एकजना व्यक्तिले उसलाई भित्र आएर बस्न भने र त्यस पछि आजको दिन म्म रोवर्टोलाई कसैले पनि देखेका छैनन् ।

मिरनाको जस्तै यस्तो कथा अरु धेरैको छ । सिनालोआबाट मात्रै दुई हजार ७ सय जना मानिसहरु हराएका छन् । हराएका अधिकांश मानिसहरु मृत्यु भइसकेको अनुमान गरिने गरेको छ । जो महिलाहरु उनीहरुको खाजी गरिरहेका छन् तिनीहरुलाई यसको बारेमा राम्रोसँग थाहा छ । हराएका मानिसहरु यि महिलाहरुको आफन्त भएको बताइन्छ ।

मिरियम रेयस खाली चौरमा घामसँग बच्नका लागि ह्याटको प्रयोग गर्ने गरेकी छिन् । सन् २०१५ मा उनको श्रीमान हराएका थिए र उनी आफ्नो श्रीमानको खोजी गरिरहेकी छिन् ।

प्रतिक्रिया