मन्त्रीकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला परिन्…

मनिषा थापा

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला परेकी छिन् । बबिता बनमन्त्री बस्नेतकी दाइको छोरी हुन् । उनका श्रीमाान् रोशन खड्का उर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी हुन् ।

बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतले आइतबार आत्महत्या गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार वेस्टार अपार्टमेन्टको उनको फ्याटमा बबिताले सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको छ । आइतबार बिहान १० बजेसम्म नउठेपछि बबिताकी नन्दले ढोका ढकढक्याउँदा नखुलेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

त्यसपछि पुगेको ललितपुर प्रहरीको टोलीले ढोका फोरेर हेर्दा पासो लगाएको अवस्थामा मृत शरीर फेला परेको थियो । प्रहरीले घटना संकास्पद रहेको भन्दै अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया