आफगानिस्तानको जाबुलमा सुरक्षा कारबाहीमा आठ लडाकू मारिए

शर्मिला गुरुङ

कालात, अफगानिस्तान, २१ माघ (रासस ÷एएफपी) : आफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबलले आइतबार गरेको भीषण कारबाहीमा परी कम्ती आठ लडाकू मारिए छन् ।

कारबाहीको क्रममा मारिएका ती लडाकू तालिबानआवद्ध रहेका अफगान सरकारले सोमबार जानकारी दिएको छ ।
जाबुल प्रान्तको मिजान जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित यस कारबाहीमा परी आठ तालिवान लडाकू मारिनुको साथै अन्य दुई घाइते भएका सेनाका प्रवक्ता अहमद सेदेकले बताउनु भएको छ ।

यद्यपी यस कारबाहीको विषयमा तालिबान लडाकू समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया