नक्कली हवाई टिकट बनाएको अभियोगमा मुद्दा

admin

काठमाडौँ, २१ माघ  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम घोराहीमा कार्यरत कर्मचारीले हवाई यात्रा नै नगरी हवाई यात्रा गरेको भनी नक्कली टिकट बनाएर भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

टेलिकमको सो कार्यालयमा कार्यरत तत्कालीन कार्यालय प्रमुख प्राविधिक अधिकृत राजबहादुर सिंह, सहायक प्राविधिक अधिकृत अनिलकुमार आचार्य र तत्कालीन प्राविधिक अधिकृत विकलकुमार श्रेष्ठले हवाई यात्रा नै नगरी नक्कली टिकट बनाई भ्रष्टाचार गरेको आयोगले आरोप लगाएको छ । 

 

हवाईजहाजबाट यात्रा नै नगरी यात्रा गरेको भनी झुट्टा टिकट बनाई कार्यालयमा पेश गरी रकम भुक्तानी लिई टेलिकमलाई हानिनोक्सानी पु¥याएको पाइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । उहाँहरुलाई बिगोबमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

-रासस

प्रतिक्रिया