‘कूटनीतिक क्षेत्रमा आशङ्का उत्पन्न ’ : पुष्पा भुसाल

admin

हेटौँडा, २१ माघ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले सरकारले परिपक्व कूटनीतिक क्षमता प्रयोग गर्न नसक्दा अहिले कूटनीतिक क्षेत्रमा विभिन्न आशङ्का उत्पनन भएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

काङ्ग्रेस केन्द्रीय समितिको आह्वानमा आज हेटौँडामा आयोजित आमसभामा उहाँले सत्तारुढ दलले संसद्मा संसदीय प्रक्रिया र परम्परालाई उपेक्षा गरी विधेयक पारित गर्दा अहिले संसदीय प्रजातन्त्र कमजोर हुन पुगेको बताउनुभएको छ । उहाँले मुलुकमा अहिले गरीबी बढ्दै गएकाले जनता निरास हुन पुगेको चर्चा गर्दै ती जनतालाई आर्थिक समृद्धि र विकासको पूर्वाधारमा जोडिन सबै दलसँग सरकारले सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको छ भन्नुभयो ।

प्रदेश नं ३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले सरकारले सबै नेपालीको बृहत् हितका लागि आफ्नो दलगत स्वार्थलाई त्यागेर नीति कार्यक्रमलाई जनतामाझ लानुपर्ने धारणा व्यक्त गर्दै सङ्घीय सरकार र प्रदेश सरकारले जनताको हितको निमित्त योजना र बजेट खर्च गर्न नसकेकोमा आपत्ति प्रकट गर्नुभयो ।
-रासस

प्रतिक्रिया