सबै जाति समुदायको एकतामा जोड :अध्यक्ष लोहनी

admin

काठमाडौँ २२ माघ:  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा सबै जाति र समुदायबीच एकता तथा सद्भाव कायम भए मात्र मुलुकको आर्थिक –सामाजिक रुपान्तरण सम्भव हुने बताउनुभएको छ । 

मुलुकमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारका अवसरमा आज विज्ञप्ति जारी गर्दै उहाँले विभिन्न जाति र समुदायका फरक रीतिरिवाज र परम्पराले सजिएको स्वदेशी संस्कृतिले अन्तरराष्ट्रिय तहमा नेपाल र नेपालीको प्रतिष्ठा बढाएको उल्लेख गर्नुभएको छ । उहाँले देश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं प्रगतिका साथै सुस्वाथ्यको कामना पनि गर्नुभएको छ । 

-रासस

प्रतिक्रिया