अपराध कबुल गराउन घाँटीमा जिउदो सर्प बेरिदिएपछि (हेर्नुहोस भिडियो)

रिता घिसिंग

एजेन्सी : इण्डोनेसियामा एक शंकास्पद अभियुक्तसँग सोधपुछको क्रममा उनलाई अपराध कबुल गराउन प्रहरीले अभियुक्तको घाँटीमा सर्प बेरिदिएको भिडियो अहिले सामजिक संजालमा भाइरल भइरहेको छ । यस विषयमा तीब्र विरोध भएपछि अहिले इण्डोनेशिया प्रहरीले माफी मागेका छन् र घटनामा संलग्न प्रहरी अधिकारीलाई कारवाही गर्ने जनाएको छ ।

भिडियोमा प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्तिसँग चोरी भएको मोबाइलको बारेमा सोधपुछ भइरहेको देखिन्छ । जब ती व्यक्तिले अपराध कबुल गरेनन् त्यसपछि पुलिस अधिकारीले उनको घाँटीमा सर्प बेरिदिन्छन् । पुलिस अधिकारीले ती व्यक्तिलाई अपराध कबुल नगरेमा उनको मुखमा र पाइन्टभित्र पनि सर्प हालिदिने धम्की दिएका छन् ।
हेर्नुहोस् भिडियो :

प्रतिक्रिया