कैचिवाली दिबिसाको प्रेमी पहिलो पटक मिडियामा, यस्तो छ भ्यालेन्टाइन स्पेसल प्लान [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। काठमाण्डौको मुटु मानिने काठमाण्डौ मलमा दिबिसा शर्मा कपाल काट्ने सैलुन संचालन गर्छिन। उनी अहिले सामाजिक संजालमा उनी कैचिवालीको नामले भाइरल भएकी छिन्। नेपालमै गरे के हुन्न भन्ने उदाहरण उनले दिन सफल भएकी छिन्।

धादिंगमा जन्मेकि उनले काठमाडौँलाई कर्म थलो बनाएर अहिले सन्तोषजनक जीवन बिताईरहेकी छिन्। मासिक ४ लाख भन्दा बादी कमाउछिन् उनी। कुनै समय उनी मासिक तलबमा नै सोहि पार्लरमा काम गर्थिन्। काम गर्दै जाँदा कतिन्जेल अरुको कम गर्ने भनेर उनले आफ्नै व्यवसाय खोल्ने निर्णय गरिन्। अहिले उनी सोहि पार्लरको मालिक्नी हुन्। उनले थप अरु ४ जनालाई रोजगारी समेत दिएकि छिन्।

उनको पार्लरमा धेरै ग्राहक आउछन् जसमध्य अधिकांश जसो भने केटा ग्राहक नै हुन्छन्। केटि भएर केटाको कपाल काटिदिने, दार्ही मिलाइदिने गर्दा उनको साथीहरुले उनलाई नकारात्मक तरिकाले समेत हेर्ने गर्थे। तर उनले यस्ता बाधा अर्चन पन्छाउदै आफ्नै काममा ध्यान दिइरहिन। अहिले ति साथीहरु पनि सकारात्मक भइसकेका छन्।

पारिवारिक साथ सहयोग भने उनलाई शुरुवातको अवस्था देखि नै थियो। उनी सम्झिन्छिन्,’सायद त्यो बेलामा मलाई परिवारले साथ नदिएको भए आज म यो स्थानमा हुने थिइन होला। आर्थिक सहयोग साथै मानसिक सहयोग कै कारण म आज सफल भएको छु आफ्नो व्यवसायमा। अहिले त धेरै सहज भएको छ। आफ्नो परिवारलाई मैले आफ्नै कमाइले पुराई रहेको छु। ‘

नारी कम्जोर हुन्छन् केहि गर्न सक्दैन भन्नेलाई उनले मुख भरिको जवाफ उनको कामबाट नै दिएकि छिन्। आफु यसरी भाइरल हुन्छु भनेर उनले कल्पना समेत गरेकी थिइनन्। काम गर्दै जाँदा सफलता पाइदो रहेछ भनेर उनले आफ्नै जीवनबाट पाठ सिकेकी छिन्। यसरि भाइरल हुँदा कैचिवालीको ट्याग पाइराख्दा उनी खुसि पनि छिन्।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया