सरकारको एक वर्ष पूरा, प्रम ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

शर्मिला गुरुङ

काठमाडाैं: आज प्रधानमन्त्री केपी शर्मा ओलीको दिनभरीको कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले आज वर्तमान सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालयबाट देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधान मन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभायो । २०७४ साल फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएको थियो ।

 

प्रतिक्रिया