पर्यटक भित्र्याउन पूर्वाधारमा जोड दिनुपर्छ: उपराष्ट्रपति पुन

कृष्ण रोकाया

कञ्चनपुर, २ फागुन : उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुर बेदकोट नगरपालिका–४ स्थित शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्रको आज विहान स्थलगत अवलोकन गर्नुभएको छ ।

सो अवसरमा उहाँले भौतिक पूर्वाधार निर्माण गर्न सके यहाँ आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई भित्र्याउन सकिने उल्लेख गर्दै धार्मिक पर्यटकका लागि उच्च सम्भावना बोकेको यस क्षेत्रको विकासका लागि सम्बन्धीत सबैको सहयोग, समन्वय र सहकार्यको खाँचो रहेको बताउनुभयो ।

यो क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छ उहाँले भन्नुभयो, “पहिलो पटक यस क्षेत्रमा पुग्ने मौका पाए, यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्रका रुपमा रहेको छ ।

शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको छ । टाढाबाट दृश्य नियाल्दा ढुङ्गालाई ठाउँ ठाउँमा ठिङ्ग उभ्याई दिए जस्तो अनुभव हुने यस क्षेत्रको नजिक गएर हेर्दा माटोबाट बनेको पहाडका आकृति देख्दा जो कोही पनि आश्चर्यमा पर्ने गरेका छन् । यस क्षेत्रमा नगरपालिकाले सेल्फी प्वाइन्ट निर्माण गरिदिएपछि सेल्फी लिन यहाँ युवायुवतीहरुको भीड लाग्ने गर्छ । रासस

प्रतिक्रिया